Welcome to INLS

International Nepali Literary Society

International Nepali Literary Society (INLS), Washington D.C. was established in 1991 and ...

Close Panel

Member Login

Lost your password?

Registration is closed

Get updates on the launch via mail.

Or, subscribe to the RSS in your feed reader.

RSS

Overview

by admin |

नेपाली साहित्यको विकासमा अनेसासको भूमिका

नेपाली को हो- विश्वको जुनसुकै कुनामा रहे बसे पनि नेपाली भाषा बोल्ने र नेपाली साहित्य, कला र संस्कृतिको अनुयायी नेपाली हो । साहित्य के हो- लिखित होस वा अलिखित होस कुनै पनि जातिको कलात्मक अभिव्यक्ति नै  साहित्य हो । विकास के हो – नेपाली जातीको लिखित वा अलिखित कुनै पनि कलात्मक हृदयस्पर्शि अभिव्यक्तिको दायरालाई प्रशस्त गर्दै जानु नै बिकास हो । विकास किन- यो व्यापक विश्वमा लुप्त प्रायः नेपाली जातीय  आत्मगौरवको पुनर्स्थापना ।  अन्तर्रर्ााट्रता के हो-  नेपालका नागरिक मात्र नेपाली होइनन, बरु विभिन्न राष्ट्रका नेपाली भाषा भाषी सबै नेपाली हुन्  भन्ने नेपाली जातीय धारणा हो  अन्तर्रर्ााट्रयता ।  समाज के हो- नेपालीको  हृदयको उदगार प्रति इमानदार, सत्यनिष्ठ व्यक्तिहरुको समूह ।  नेपाली साहित्य समाज के हो-  नेपाली साहित्य प्रति अन्तर्त्रिmया बढी भएका र त्यस प्रति आस्थावान व्यक्तिहरुको समूह नै नेपाली साहित्य समाज हो ।  अन्तर्रर् ााट्रय नेपाली साहित्य समाज के हो -  भूगोल, काल र राज्यका सीमा भन्दा माथि उठेेर अन्तराष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्य, कला र संस्कृत्रि्रति समर्पित व्यक्तिहरुको समूह नै अनेसास हो । अनेसासको अध्ययनका  विविध पक्षहरु छन्ः अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार तथा पद, विभूषण तथा पारितोषिकहरु, विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम, कविता महोत्सव, अनेसासका पुस्तक प्रकाशन र अन्तदर्ृष्टि पत्रिका  प्रकाशन, र ग्लोबल नेर्टवर्क इत्यादिका बारेमा अध्ययन गर्न सकिन्छ  तर यो लेखको उद्देश्य र क्षेत्र नेपाली साहित्यको विकासमा अनेसासको भूमिकाको संक्षिप्त पर्यवेक्षण गर्नु मात्र हो । यसबारे क्यानडाबाट निक्लने एनसिएन्सीको  प्रकाशन ‘दियालो’ले होमनाथ सुवेदीको ‘नेपाली साहित्यको विकासमा अनेसासको भूमिका’ नामक एक लेख १९९६ मा छापेको छ । त्यसकै आधारका विकसित अर्को संस्करण ‘अन्तदर्ृष्टि’ वर्ष१२, अङ्क ३, कार्तिक, मंसिर २०६१मा  छापिएको थियो त्यसको होमनाथ सुवेदीद्घारा नै परिमार्जित अभिलेख हो यो ।

अनेसास स्थापनाको पृष्ठभूमि

नेपाली साहित्यिक क्रियाकलाप वाशिङ्गटन डी. सी. मा कसरी शुरु भयो- यो प्रश्न गर्दा सबैभन्दा पहिले अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी. सी.लार्इर्र्सम्झनर्ुपर्छ ।  सन १९६७ मा अमेरिका नेपाल सोसाइटी, वाशिङ्गटन डी.  सी. स्थापना हुँदा यहां नेपाली धेरै थिएनन । नेपाल प्रेमी अमेरिकन ले दालभात खाने, स्लाइड हर्ेर्ने र नेपाल भ्रमणका अनुभवहरु आदान प्रदान गर्दथे । ती अमेरिकन मध्ये कुनै कुनै अमेरिकनहरुले नेपाली भाषाका कक्षा संचालन  गर्ने प्रयास गरे । तर स्वयंसेवकहरुको कमीले गर्दा सम्भव हुन सकेको थिएन । सन १९८० देखि सन १९९० सम्म प्रशस्त नेपालीहरु यहाँ भित्रिए । फलतः सन १९९१ को  भए ‘एएनएस’ ले नेपाली भाषाको बिकाशमा सघाउ  पुयाउने लक्ष्यले नेपाली भाषा समिति गठन गर्यो । यो नेपाली भाषा समितिले  “Twentyfive  Years of ANS” नामको डकुमेन्टरी नेपाली भाषामा तयार गर्यो । तापनि यो समिति केवल एक वर्षो लागि  गठन भएको र यो सानो समितिले नेपाली भाषा र साहित्यप्रति बड्दो चाखको उद्देश्य पृुरा गर्न सम्भव थिएन । यसै बेला नेपालका केही साहित्यकारहरु अमेरिकामा पनि नेपाली साहित्यको उत्थानको लागि कुनै संस्था हुनर्ुपर्छ  भनी  ‘एएनएस’ का तत्कालीन उपाध्यक्ष तथा नेपाली भाषा समितिका कार्यकारी अध्यक्ष होमनाथ सुबेदीसंग आग्रह गरिरहेका थिए । नेपाली भाषा र साहित्यको क्षेत्रमा अमेरिकाका नेपाली कसरी मद्दत पुराउन सक्छन त- प्रश्न त ठूलै  थियो तर समाधान पनि गारो थिएन । कुरै कुरामा निष्कर्षके निकाले भने वर्षरी प्रकाशित भएका नेपाली साहित्यका पुस्तकमध्ये र्सवश्रेष्ठ ठहरिएको कुनै एक पुस्तकको लेखकलाई वषर्ैंे यौटा अन्तर्रर्ााट्रय नेपाली साहित्य  पुरस्कार मात्र दिने व्यवस्था गर्न सकेपनि नेपाली साहित्यको फाँटमा अमेरिकाको ठूलो योगदान हुन सक्छ । यसै कुरालाई लक्ष्य बनाएर माथि भनिएका भित्र र बाहिरका र्समर्थकहरुको सहयोग लिएर नेपाली भाषा समितिका कार्यकारी  अध्यक्ष होमनाथ सुबेदीबाट अनेसासको गठनको कार्य प्रारम्भ भयो । यस सर्न्दर्भमा बेलुका बेलुका कन्फेरेन्स कलमा बसेर नेपाल अमेरिकाको दूरीमा पनि यो संस्था स्थापनामा कार्यको लागि काम कुरा निरन्तर गरिरहने शिवप्रसाद  सत्याल ‘पीठ’, अच्युत श्रेष्ठ र लव गाउंले अविष्मरणीय छन् । अनेसासको विस्तारको यो समाचार सन्. १९९० को दशैको विजयाताक काठमाडौमा हल्ला भो र छापियो पनि ।  जनवरी ११, १९९१ को दिन अच्युत श्रेष्ठको  निवासस्थानमा यसको विधान परिषदको गठन भयो । संस्थापक विधान परिषद्मा  डा.विष्णु पौड्याल, डा. अमर गिरी, डा.हरिहर भट्टर्राई, श्री शिवप्रसाद सत्याल ‘पीठ’, श्री राम मालाकार, श्री होमनाथ सुवेदी, श्री अच्युत श्रेष्ठ, श्री  भाष्कर गिरी, श्री डिगबहादुर तामाङ्ग, श्री लव गांउले, श्री पुरु घिमिरे रहेका थिए । यो विधान परिषदले नै अब नेपाली भाषा समिति अवधि पुरा भए पछि पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा यहाँको समाज असंगठित नहुने भो  भन्ने कुरो देखाइदियो ।  अर्को शव्दमा भन्दा नेपाली भाषा समितिले गर्ने काम र त्यो भन्दा बढी दायित्व बोकेर “अनेसास” देखापर्यो ।  नेपाली भाषा र साहित्यप्रति रुची हुनेहरुको लागि यो अत्यन्त खुशीको कुरा थियो ।

अनेसासको स्थापना कहिले भो-

अनेसासको स्थापनाका सर्न्दर्भमा तीनवटा दिन महत्वपर्ूण्ा छन् । १९९० को विजयादशमीमा यसको शुरुआत गरी जनवरी ११, १९९१ मा यौटा संस्थाको रुप दिई जुन २३, १९९३मा डी.सी.को कानून अनुसार दर्ता गरिएको दिन हो  । डी.सी.को नियम अनुसार स्थापनाको दिन कुनलाई मान्ने यस्तो कुरामा संस्थापकहरुले जुन दिनलाई मान्ने निर्ण्र्ाागर्दछन्, त्यही दिन नै डि.सी. गभर्नमेन्टलाई स्वीकार्य हुन्छ । यस सर्न्दर्भमा अनेसासका स्तम्भहरुले  स्थापनाको लागि सबभन्दा बढी महत्वपर्ूण्ा हुने दिन विधानपरिषद गठन भएकै दिन हुन्छ भन्ने निर्ण्र्ाागरेकाले अनेसासको स्थापनाको दिन जनवरी ११,१९९१ भएको हो ।

गभर्नमेन्ट आँफ डिष्ट्रिक्ट आँफ कोलम्बियाले जून २२, १९९३मा अनेसासलाई दर्ता गर्यो । त्यसको लगत्तै पछि सेप्टेम्बर २२, १९९३ मा अमेरिकाकको आयकर विभागबाट  -इर्न्र्टनल रेभेन्यु र्सर्विस्)बाट “Federal  Tax Exemption” प्रदान गर्यो । फरवरी ३, १९९४ मा “D.C. Department of Finance & Revenue”बाट व्रि्रीकर (Sale Tax) न लाग्ने गरी State Tax  Exemption स्वीकृत भयो ।

अनेसास कस्तो संस्था हो -

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो ।

यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

“INLS is a collaborative effort involving poets, writers, educators community and volunteers from  throughout society who are committed  to promotion of the literary work. INLS, is a religious secular,

non-political and non-profit organization. We now have a general forum in our web site where visitors and  members may post their thoughts, comments, questions, and poetry. It is a great medium to get to know the  people of the society. INLS welcomes all poets, writiers and friends, (Sarup,Kamala. International Nepali  Literary Society’s mission is to promote excellence in literature,  POETTEXT.COM Sunday 03 August,  2003.).

अनेसासको उद्देश्य र धेय के हो -

अनेसासको निर्देशिका पुस्तिकामा निम्न लिखित धेय र नियमावलिको चर्चा भएको छ ।

Mission Statement

INLS is committed to preserve and promote Nepali culture by encouraging the writing, reading,  publication, distribution, translation, and study of Nepali language, literature, art, music and dance  (INLS Hand book, 2004).

Code of ethics

The following are principles of ethical behavior for those affiliated with INLS:

1.    It is the responsibility of the INLS* officials, board members, advisors, and executive members to  maintain a balance between the need in society to use a cultural property (Nepali Language, Literature  and culture), and to ensure the prevention of that cultural property*.

2.    All actions of the INLS officials, board members, advisors, and executive members must be governed  by an informed respect for the integrity of the organization.

3.    The INLS officials, board members, advisors, and executive members shall strive to attain the  highest possible standards in all aspects of Nepali language, literature and culture promotion and  prevention, including publication, education, research, documentation and organizing workshops.

4.    The INLS officials, board members, advisors, and executive members must abide by appropriate  Language, Literature and Culture promotion measures.

5.    The INLS officials, board members, advisors, and executive members must recognize their limitations  and recognize the special skills, and knowledge of others.

6.    The INLS officials, board members, advisors, and executive members must be sensitive to other  language, literature and culture.

7.    The INLS officials, board members, advisors, and executive members must contribute to the promotion  of Nepali language, literature and culture by sharing information and experience.

8.    The INLS officials, board members, advisors, and executive members shall act with honesty and  integrity in all professional relationships, recognize the rights of all colleagues and respect the  mission and the programs of the organization.

9.    The INLS officials, board members, advisors and executive members shall work towards collaborating  efforts with other sister organizations globally.

10.           The INLS officials, board members, advisors, and executive members have an obligation to  comply with and to promote an understanding of this code of Ethics.

अनेसासको उद्देश्य र विधान

संस्थाको मूलभूत उद्देश्यहरुमा प्रथमतः अन्तर्रर्ााट्रय क्षेत्रमा नेपाली भाषा साहित्यप्रेमीबीच बराबर सर्म्पर्कको पुल बनी भाषासाहित्यको प्रचार, उत्थान एवं सर्ंवर्द्धन गर्नुका साथै साहित्यकारहरुलाई सम्मान  गर्नु रहेको छ । यसबाहेक साहित्यिक रचनाहरुको प्रकाशन, साहित्य-गोष्ठीहरुको आयोजना, नेपाली साहित्य रचनाको प्रकाशन, विभिन्न विधाका नेपाली साहित्यहरुको अंग्रेजी एवं अन्य भाषामा अनुवाद तथा प्रकाशन गर्नुका साथै  “अन्तर्रर्ााट्रय नेपाली उत्कृष्ट पुस्तक पुरस्कार” को संचालन यसको उल्लेखनीय उद्देश्य रहेको छ ।

संस्थाको विधानले महासमिति, कार्यसमिति, सल्लाहकार समिति लगायत विभिन्न उपसमितिहरुको ब्यवस्था गर्नुका साथै नेपाल बाहिर विभिन्न देशमा अ.ने.सा.स.को शाखा खोल्न सकिने ब्यवस्था गर्नुका  साथै अन्तर्रर्ााट्रय साहित्य पुरस्कारको व्यवस्था गरिएको छ ।  कार्य समितिमा अध्यक्ष लगायत ५ सदस्यहरु रहने, सम्पर्ूण्ा साधारण सदस्यहरु महासमितिमा रहने, सामान्य, आजीवन र ट्रष्टी गरी ३ प्रकारका सदस्यको  ब्यवस्था रहेको छ । स्थापना गर्दा भएको विधान हालसम्ममा ३ पटक संशोधन गरिएको छ।

अनेसासको कार्यक्षेत्र भौगोलिक दृष्टिले कुनै पनि देश, समयको दृष्टिले अस्ति, हिजो, आज र भोलि, विषयको दृष्टिले नेपाली भाषा र साहित्य, कला र संस्कृतिभित्र पर्दछ । यसको सदस्यता शुल्क व्यक्तिलाई वर्षो २० अमेरिकी डलर,  आजीवन सदस्यताको लागि १०० अमेरिकी डलर र ट्रष्टी शुल्क १००० अमेरिकी डलर छ । विश्वव्यापी सदस्यता भएको अनेसासको यस्तो बैठक टेलिफोन, इन्र्टर्नेट, पत्र र अन्य आधुनिक तकनिकी प्रयोगद्वारा बोलाउने र उपस्थित हुने  प्रावधान छ ।  यस संगठनको विशेषता नै यही हो कि बैठकको उपस्थितिलाई तार, टेलिफोन र पत्रबाट पनि सिद्ध गर्न सकिन्छ । अन्तर्रर्ााट्रय संस्था भएको हुँदा प्रत्येक हप्ता शारिरिक उपस्थितिबाट वैठक गर्नगराउन अति कठीन  छ । यो अप्ट्यारो फुकाउनका लागि यसका बैठकहरु Correspondent बाट पनि गर्न सकिन्छ ।  Outrich course गरे जस्तै यो संस्था आ-आफ्नो ठाउँमा बसेर सबैलाई एक ठाउँमा जोड्ने प्रयत्न गर्दछ ।  यस्ता धेरै संस्थाहरु दर्ुइचार वर्षचलेर हराउँछन् तर यसको विधानको तर्जुमा गर्दामा नै यसलाई टुट्न नदिने खालका स्तम्भहरुको स्थापना यसले गरेको छ । ती स्तम्भहरु हुन् ट्रष्टीहरु । यसको वृद्धि र विकासको गति आरोह र  अवरोह हुनु स्वाभाविक छ तर यो संस्था कहिल्यै टुट्दैन, फुट्दैन र बिलाउँदैन बरु लचिलोपन यसमा भएकोले निरन्तर गतिशीलता रहिरहन्छ ।

अस्तिको अनेसासः

यसले अस्तिसम्म गरेका खासखास कामहरु यी हुन् ः

-१) मासिक इलेक्ट्रोनिक न्युजलेटर पोष्टिङ्ग ।

-२) अर्न्तर्दृष्टि त्रैमासिक पत्रिकाको प्रकाशन ।

-३) ए.एन.ए. र ए.एन.एस.को न्युजलेटरको सम्पादन ।

-४) न्युक्यारोल्टनमा नेपाली कविगोष्ठीको आयोजना ।

-५) ए.एन.ए.को ‘पार्टनरसिप’९४’ मा लिटेरेरी आइल्यान्डको आयोजना ।

-६) नेपालमा च्याप्टरको स्थापना ।

-७) पुगनपुग ३० जना नवसाहित्यकारको रचना प्रकाशन ।

-८) द्यौराली उपन्यास र ‘नेपाली लोककथा’ पुस्तकको प्रकाशन ।

-९) अन्तर्रर्ााट्रय कविता प्रतियोगिताको सञ्चालन ।

-१०) भानुजयन्ती र मोतीजयन्ती जस्ता कार्यक्रमको सञ्चालन ।

-११) सन् १९९३ को मोती जयन्तीका दिन होमनाथ सुवेदीद्वारा लिखित “अन्तदर्ृष्टि” नाटक पर््रदर्शन ।

-१२) अमेरिकामा भएका अन्य संस्थाहरुलाई नेपाली भाषा साहित्यमा सहयोग गर्ने क्रममा सन् १९९३ देखि १९९४ सम्मको A.N.S.तथा A.N.A. को छुट्टाछुट्टै मुखपत्र सम्पादन गरी प्रकाशन ।

-१३) अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले हरेक वर्षविभिन्न क्षेत्रमा नेपाली भाषा साहित्यकर्मी, सल्लाहकार, कवि, साहित्यकारलाई कदरपत्र प्रदान गर्न  र्सवश्रेष्ठ सल्लाहकार, र्सवश्रेष्ठ लेखक, र्सवश्रेष्ठ सम्पादक, र्सवश्रेष्ठ  कविकवियत्री, र्सवश्रेष्ठ पत्रिका तथा र्सवश्रेष्ठ प्रतिनिधि जस्ता पद, विभूषण तथा पारितोषिकहरु दिने परम्पराको थालनी ।

-१४) शर्मा मुडवरी कविता प्रतियोगिताको संचालन ।

-१५) अस्तिको अस्ति नै ANA को साथ भएको लिटरेरी सेमिनारको सट्टा ठूला र व्यापक रुपमा Second National Convention of Nepalese and Friends of Nepal  in North America मा अन्तर्रर्ााट्रय नेपाली साहित्य सेमिनारको आयोजना गरी त्यसलाई क्रमिकता दियो ।

-१५) अस्ति नै थालिएकोे नेपाली भाषामा नेपाली साहित्य जगत Internet Home Page समाजले विगत १२, वर्षेखि संचालन गरी आएको छ, जसलाई शुरुमा http://inpros.com/nepal  ाट हर्ेन सकिने बनाइएको थियो । नेपाली साहित्यमा अभिरुची राख्नेहरुका लागि Internet मा एउटा मञ्चको तयार गरिएको थियो । जसलाई संसारभरका नेपाली साहित्यप्रेमीहरुले प्रयोग गरी विचार, विमर्श, सहयोग र  सुझाव दिन सक्दथे । यस मञ्चमा http://inpros.com/nepal/inls/discuss बाट प्रवेश गर्न सकिन्थ्यो । केही प्राविधिक कारणले गर्दा पछि त्यो नामको वेभसाइटलाइ (inls.org   / nepaliliterature.com) ा पुनर्निमाण गरी प्रस्तुत गरिएको हो भन्ने कुरा नै “समुद्रपारि पूर्ण्ााङ्क १ २०५६ कार्तिक” को भीम रेग्मी र पुरूषोत्तम सुवेदीको लेखमा पनि उल्लेख छ र यसैलाई अनेसासले  १०-३०- ०२ मा अद्यावधिक बनाई वेभसाइटमा पनि पुनपर््रस्तुत गरिएको हो । दुनियामा वेभसाइट आउदासाथ पुरुषोत्तम सुवेदीबाट थालिएको यो कदम इलेक्ट्रोनिक साहित्यिक पत्रकारिताको इतिहासमा यौटा महत्वपर्ूण्ा अंश  थियो ।

-१६) अस्तिको पुरा कालमा सक्रिय काम गर्ने धेरै छन् तर अध्यक्षताभने एक मात्र होमनाथ सुवेदीको अध्यक्षतामा यो संस्था चल्यो ।

अनेसास हिज ः

अस्ति जस्तो हिज अनेसास रोपिएको विउ मात्र रहेन, यसका जरा फैलिइसकेका हुन् । यसले हाँगा हालेको हो । यसका चार आँखा भइसकेका हुन् । अनेसासले आफ्ना र्समर्थक र विरोधी, उसकै पनि आत्माआलोचना र प्रत्यालोचना  गरी स्वस्थ बाटोमा सिलसिलाबद्ध तरिकाले हिंड्न सक्ने उसमा एउटा अन्तदर्ृष्टिको विकास गरेको हो ।  अनेसासका अस्तिका केही विकसित रुप हुन् यी हिजका ।

-१) मासिक इलेक्ट्रोनिक न्युजलेटरको पोष्टिङको सट्टा नेपाली साहित्य जगत (nepalisahityajagat.org) होमपेजको सञ्चालन गरेको हो ।

-२) ४ पन्ने पत्रिकालाई २८ पृष्ठ र ७० मा विकसित गरी विविध विधायुक्त साहित्यिक पत्रिका बनाएको हो ।

-३) मित्रशक्तिको सहयोगको लागि ब्ल्ब्को न्युजलेटरमा सम्पादन कार्य गरिरहेको हो ।

-४) यहाँका साना कविगोष्ठीको सट्टा नेपालमा नै २ वटा राम्रा कविगोष्ठी सम्पन्न गराएको हो ।

-५) अस्ति २ वटा मात्र पुस्तक प्रकाशन गरेको थियो भने हिजो १५ वटा पुस्तक प्रकाशन गरेको हो ।  हिज नै अनेसासबाट प्रकाशित भएको होमनाथ सुवेदीको ‘अंकुर’ उपन्यासले ‘रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार’ जितेर  पुरस्कार स्वरुप नेरु.७०००।०० पायो जुन रकम लेखकबार्टर्   “र्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार अक्षय कोष” मा  जम्मा भयो र यस प्रकाशनको आय पनि लेखकले नलिई अनेसासको अक्षयकोषलाई दिने  इच्छा गरे बमोजिम अक्षयकोषमा राख्न सकिने एक आदर्श प्रस्तुत गरेको हो ।

-६) अस्ति अन लाइन राइटरस् पुरस्कार थिएन, हिज नै कमला स्वरुप र चिरञ्जिवीबाट बुढाथोकी अन् लाइन राइटरस एवार्डको स्थापना भएको हो ।

-७)  अस्तिको अस्ति नै ANA को साथ भएको लिटरेरी सेमिनारको सट्टा ठूला र व्यापक रुपमा Second National Convention of Nepalese and Friends of Nepal  in North America मा अन्तर्रर्ााट्रय नेपाली साहित्य सेमिनारको आयोजना गरेको थियो भने त्यस्तै हिज  Y2K Convention Atlanta मा सफलतापर्ूवक अन्तर्रर्ााट्रय नेपाली साहित्य  संमेलनको आयोजना गरी त्यसलाई क्रमिकता दियो ।

-८) अस्ति नेपाल च्याप्टरको स्थापनाभन्दा बढी अस्ट्रेलियामा च्याप्टरको स्थापनाको प्रारुपको योजना, जापानमा आर्थिक सहयोग समिति र क्यानाडा र यु.के.मा साहित्यिक सहयोग सम्बन्धको विस्तार व्यापक रुपमा गर्दै हिजै ग्लोबल  नेर्टवर्कमा अग्रसर भएको हो ।  हिजले नै अनेसासको ३४वटा विभिन्न देश र राज्यमा शाखाहरु खोलेको हो ।

-९) अस्ति जम्मा २५ जनाका रचना प्रकाशित हुन्थे भने हिजो ८० भन्दा बढी साहित्यकारहरुको रचना प्रकाशित भए ।

-१०) अस्ति स्वर्गीय कविको जन्मजयन्ती र सभाहरु कोठामा गरिन्थे भने हिजो खुला मञ्चमा गर्न थालियो ।

-११)सन् १९९८ मा बोष्टन रिमाल जयन्तीको अवसरमा “रिमाल कविता गोष्टी” संचालन र १९९८।१९९९ भरी बोष्टनमा, बोष्टन साहित्यिक समूहसंग संयुत्त रुपमा प्रत्येक महिना साहित्यिक भेलाहरु र क्यानाडाबाट निक्लने “दियालो” को  अङ्क ७ सित “अन्तदर्ृष्टि” को संयुत्त प्रकाशनले बाहिरकासित मिलेर काम गर्ने अनेसासको परम्परालाई कृतिमान राखेका छन् ।

-१२) अस्ति सन् १९९३ मा होमनाथ सुवेदीद्वारा लिखित “अन्तदर्ृष्टि” नाटक मोती जयन्तीका दिन पर््रदर्शन गरिएको थियो भने  हिज अनेसासले लक्ष्मीजयन्ती मनाउदै लोक संस्कृतिलाई संरक्षण गर्न बेला बेलामा सांस्कृतिक  कार्यक्रम चलाउदै आयो । २००२ मा यो क्षेत्रमा प्रतियोगिता पनि गरायो ।  देवकोटा जयन्ती वाशिङ्गटन डी.सी.मा निरन्तर रुपमा मनाउने र यसमा मोती समस्यापर्ूर्ति कविता प्रतियोगिता गराउने र उत्कृष्ट पुस्तक पुरस्कार वितरण  गर्दै आएको छ ।

-१३) अस्ति अन्तर्रर्ााट्रय नेपाली कविताप्रतियोगिताका प्रथम, द्वितीय र  तृतीयलाई मात्र पुरस्कार दिइन्थ्यो भने हिजो पोइट्री ग्रामको व्यवस्था गर्यो र त्यस बाहेक अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज वाशिङ्गटन डी.सी.बाट  नेपाली साहित्यलाई अन्तर्रर्ााट्रय पहिचान दिलाउन उत्साह प्रदान गर्ने उद्देश्यले देहाय बमोजिमका चारवटा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको स्थापना संचालन पनि हिजै गरेको हो । ती ४ वटा  पुरस्कार यी हुन्ः १. अन्तर्रर्ााट्रय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार सबैभन्दा उत्कृष्ट साहित्यिक कृतिलाई रु ५०,०००। नगद । २. सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना पुस्तक पुरस्कार नारी  साहित्यिकारका नेपाली साहित्यिक कृतिहरु मध्ये सबैभन्दा उत्कृष्ट साहित्यिक रु २०,०००।  ३. सर्वोत्कृष्ट नव प्रतिभाका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना पुस्तक पुरस्कार साहित्यकारका पहिलो पटक प्रकाशित साहित्यिक  कृतिहरु मध्ये सबैभन्दा उत्कृष्ट कृतिलाई रु १५,०००। ४. सर्वोत्कृष्ट नेपाली गीती कविताकालागि स्वर्गीय श्री हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार  गीति कविता, गीत, लोकगीत वा यिनको विषयमा लेखिएका पुस्तक मध्ये  सबैभन्दा उत्कृष्ट पुस्तकलाई या ने रु १५,०००। नगदका साथै उक्त सवै पुरस्कृत लेखकलाई सम्मानपत्र पनि प्रदान गर्ने व्यवस्था पनि हिजको देन हो । अस्ति शुरु गरेका स्ट्रस्टीहरु ‘फुलपेड’ भएर अक्षयकोषको व्याजबाट नेरु  ५००००।००को पुरस्कार दिन ससकने भयो । हिज नै सुमन तिमसिनाको परिवारले नेरु ३५०००।००। को पुरस्कार प्रदान र आमोद तथा प्रणिता कटवालले नेरु १५०००।०० को प्रायोजन गर्नुभयो । अप्रत्यक्ष रुपमा यो उहाँहरुले  अनेसासलाई दिएको यौटा सम्मान हो जसलाई अनेसासले वैधता र विश्वसनीयतासाथ पुरस्कार संचालन गर्दछ ।

-१४)पद, विभूषण तथा पारितोषिकहरु  अस्ति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले हरेक वर्षविभिन्न शर्ीष्ाकमा नेपाली भाषा साहित्यकर्मी, सल्लाहकार, कवि, साहित्यकारलाई कदरपत्र प्रदान गर्ने व्यवस्था गरेको थियो  हिजो  यो परम्परा नामशेष मात्र रह्यो । कदरपत्र प्रदान गरिने शर्ीष्ाकहरुमा यो वर्षो र्सवश्रेष्ठ सल्लाहकार, र्सवश्रेष्ठ लेखक, र्सवश्रेष्ठ सम्पादक, र्सवश्रेष्ठ कवि-कवियत्री, र्सवश्रेष्ठ पत्रिका तथा र्सवश्रेष्ठ प्रतिनिधि थिए ती पदवीहरु सबै र सधै  चलेनन् शायद यसो हुनुको कारण ती अस्तिभन्दा धेरै बढी महिमामय पद, विभूषण तथा पारितोषिकहरुको दिन थालिएकोले पनि हो । हिजैका वर्षेखि “The Best Chapter of the Year” छानेर  कदर-पत्र दिने परम्परा पनि बसालिएको छ । यो वर्ष “The Best Chapter of the Year 2004” को पदवी जापानले जित्यो र त्यसका अध्यक्ष कुमार बस्नेत अमेरिका आई त्यो सम्मान-पत्र लिएर  जानुभयो ।

-१५) हिजै भानुभक्त भलिवल मेमोरियल प्रतियोगिता थालनी गरी विजयी टिमलाई शिल्ड र अमेरिकी डलर ३०० नगद पुरस्कार दिने प्रथा शुरु भयो ।

-१६)  यस बाहेक नेपाली पहिचानलाई अक्षुण्ण राख्ने दिशामा सम्पर्ूण्ा नेपाली सामुदायिक संस्थाहरुलाई अभिमुख गर्नको लागि हिजैदेखि सस्थाले नौ बूंदे प्रस्ताव मार्फ “हरेक सामुदायमा नेपाली पहिचानलाई जीवन्त र दिगो राख्न  जुटँै” भन्ने अभियान अघि बढाएको छ । सो प्रस्ताव गत २००३ को  जुलाई महिनामा कोलोराडोमा सम्पन्न अमेरिकी नेपालीहरुको सम्मेलनमा पुरुषोत्तम सुवेदीले प्रस्तुत गरेको हो ।

-१७) नेपाली साहित्यमा अहिलेसम्म प्रयोग नभएको तर समकालीन विश्व साहित्यमा नयाँ विधाको रुपमा विकसित भैरहेको विद्युतीय साहित्य -अत्याधुनिक विद्युतीय प्रविधिको उपयोग गरी तैयार गरी गरिने साहित्यिक रचना E- Literature लाई नेपाली साहित्यमा प्रवेश गर्राई नेपाली साहित्यको फाँटलाई अझ बढी विस्तारित गर्ने योजना पनि रहेको छ ।

-१८) अस्ति अ.ने.सा.स. ले हरेक वर्षअन्तर्रर्ाा्रय नेपाली कविता प्रतियोगिता र शर्मा मुडवरी कविता प्रतियोगिता गरी २ प्रतियोगिता गर्दै आएको थियो । हिज तीमध्ये पहिलो चल्न सकेन, दोश्रो पुरस्कार रकम २०० डलरबाट  बढेर ३०० भयो र अझ त्यसमा एएन्ए कन्भेन्शन स्थलमा १६ वर्षमनिका वालवालिको वीच नेपाली कविता प्रतियोगिता सन्चालन गरी २०० डलरको “अमर मिना बाल कविता पुरस्कार” पुरस्कार दिन शुरु गरेको हो । हिजै  अनेसासको स्थापना गरेर नेपाली डाएस्पोरामा अग्रीम भूमिका पुरा गरेको मान्यतामा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले ANA Convention 2004, Phinix, Arizoona मा पाएको  “Pioneer of Nepali Literature in the Nepali Diaspora” -नेपाल बाहिरका नेपाली साहित्यका अग्रज) को पदवीले पुरस्कृत संस्थापक अध्यक्ष मात्र हैन संस्थाले पनि हिजै  आर्जन गरेको संमान र गौरव हो ।

-१९) हिज नेपाली पठनपाठनलाई अर्को पिंढीतक स्थानान्तरण गर्न विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम अर्न्तर्गत  ‘नेपाली भाषा तथा संस्कृति विद्यालय’ को योजना भो । यो कदम अनेसासले चाले पछि नेपाल बाहिर बस्ने नेपालीले यो  कदमलाई हुरीले जस्तै टिपेर अगाडि बढाउन शुरु गरेको पाइयो ।  यौटा नमूना विद्यालय वाशिङ्गटन डी.सी.मा खुल्यो । सबभन्दा पहिले ‘इन्दरा फाउन्डेशन, रचेस्टर’ ले यो ‘नेपाली भाषा तथा संस्कृति विद्यालय’ डी.सी.लाई प्रायोजन  गर्यो ।  त्यस पछि ‘नेपाली भाषा तथा संस्कृति विद्यालय’ क्रमशः कोलोराडोमा २ वटा, अरिजोना टुसान, टेक्सास हुस्टन,  र टेक्सास डेलास ठाऊँ ठाऊँमा खुले । मेल्वोर्न अस्ट्रेलिया, न्युह्याम्सायरमा खुन्न तयारीमा हिजले पुराएको  छ । शेष आजको लागि प्रतीक्षामा छ ।

-२०) अक्टोबर १६, १९९९ का दिन साहित्यकार लैनसिङ वाङदेललाई, जुन २००० मा कविवर माधव घिमिरेलाई र त्यस पछि ताना शर्मालाई मार्च १६, २००३ मा अभिनन्दन गरी वयोवृद्ध साहित्यकारहरुको अभिनन्दन गर्ने  परम्परालाई अगाडि बढाएको छ । ।

-२१) हिजका उपर्युक्त कामहरुको प्रभावले अनेसासले “डिल्लीराम तिमसिना मेमोरियल पुरस्कार” जित्न सक्यो जसबाट प्राप्त प्ल्याक र नगद अमेरिकी डलर ५००।०० मध्ये डलरलाई “र्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट  पुस्तक पुरस्कार अक्षय कोष” मा जम्मा गर्ने निर्ण्र्ाागरेर “डिल्लीराम तिमसिना मेमोरियल फाउन्डेशन” लाई अभिन्न मित्रशक्तिको रुपमा पनि राख्न सक्यो ।

-२२) प्रथम एन्आर्एन् कन्फेरेन्स काठमाडौंमा सहभागिता, र अन्य दिदी बहिनी संस्थाहरुसितको आजीवन सदस्यताको आदानप्रदानको प्रारम्भ हिज गरेको हो ।

-२३) अस्तिको पुरा काल एक मात्र होमनाथ सुवेदीको अध्यक्षतामा सीमित थियो भने हिजको यस कालले प्रशन्त नेतृत्वको विकाश गर्यो र यस कालले सन् १९९५ देखि १९९६ सम्म किरण ढंुगाना, सन् १९९६ देखि १९९७ सम्म  अच्युत श्रेष्ठ र सन् १९९७ देखि २००० सम्म बसन्त श्रेष्ठ, सन् २००० देखि २००१ सरला श्रेष्ठ, सन् २००१ देखि २००२ सम्म भीम रेग्मी, र सन् २००२ देखि सन् २००४सम्म पुरूषोत्तम सुवेदी गरी ६ जना अध्यक्षको नेतृत्व पायो ।   नेतृत्व दिने र सहभागिताको दृष्टिले यो काल अत्यन्त उर्वरा नै रह्यो ।  त्यसैले पनि हुन सक्छ अनेसास हिज प्रशस्त उन्नत अवस्थामा चढेको देख्न पाइन्छ ।

अनेसास आजः

अनेसासको वर्तमान आज सन् २००४ जुलाईमा बहाली गरेका दुबसु क्षेत्रीबाट उदाएको हो ।  नेपालमा भएको राजनैतिक उथलपुथलले गर्दा सरकारी सेवाको कारण संकटकालीन अवस्थामा र्सार्वजनिक संस्थामा काम गर्न अप्ठयारो परी  फरवरी ४, २००५मा वहाँ र उपाध्यक्ष गोपाल रेग्मीले राजिनामा दिनु भयो । छोटो समयमा जर्मनमा, मुर्म्बईमा अनेसासको शाखा खोल्ने, अनेसासका समिति उपसमितिहरुको कार्यविधि र नियमहरुको स्थापना गर्ने र विश्वभर  छरिएका नेपालीलाई “नेपाली भाषा, साहित्य, कला र सँस्कृति हाम्रो गौरव, हाम्रो साइनो, हाम्रो संपत्ति” भन्ने सन्देश दिएर जानुभयो । उहाँहरुका कदमलाई काँधमा बोकेर नव निर्वाचित अध्यक्ष प्रा.मोहन सिटौला टेक्सास र उपाध्यक्ष  कुमार बस्नेत जापानले यही मार्च १४, २००५ देखि कार्यभार समाल्नुभएको छ । यो अवधि गत भानुजयल्तीदेखि लिएर आज मार्च २१,२००५, यो मितिबाट पर्यावलोकन गर्दा यो कालको पर्ूवान्हमै हरियो पात देखा परेका छन् ।

-१) इलेक्ट्रोनिक न्युजलेटरको पोष्टिङ र  नेपाली साहित्यजगतको मात्र सञ्चालनभन्दा inls.org लाई उन्नत बनाउने ।

-२) अन्तदर्ृष्टि पत्रिकालाई विविध विधा युक्त गरिमामय बनाउने

-३) अस्ति २ वटा मात्र पुस्तक प्रकाशन गरेको थियो भने हिजो १५ वटा पुस्तक प्रकाशन गरेको थियो भने आज त्यसको संख्या परिमाणात्मक रुपले दर्ुइगुना बढी र गुणात्मक रुपले विशेष समितिका सदस्यहरुबाट छानेर  माात्र  प्रकाशित गर्ने गरिदै छ । अनेसासले हिज प्रकाशन गरेको  गोपाल पराजुलीको ‘नयार्ँर् इश्वरको घोषणा’ आज ‘मदन पुरस्कार’को विजयी घोषित भएको सुन्न पाइएको छ ।  यस्तै कृतिमान कृतिहरुको प्रकाशनतिर आज अनेसास  मोडिएको छ ।

-४) अनेसासको वाशिङ्गटन डी.सी.ले विश्वनेट वर्कमा आफूलाई अगाडि बढाइरहेको छ ।

यसको शाखा अहिलेसम्म कति देशमा भइसके र कहाँसम्म पुग्ने छ भन्ने कुराको जवाफ  खोज्न अनुशीलन नै गर्नु पर्ने जस्तो भैसक्यो ।  अनेसास भनेको आज कुनै यौटा सागुरो दायराको संस्था न भएर एक नेपाल बाहिर  बस्ने नेपालीका मात्रको यो यौटा मिशन बनेको छ विश्वको जुनसुकै कुनामा पुगे पनि उसले अनेसास पाउछ नभए खोल्छ बस्छ त्यो उसको नैर्सर्गिक अधिकार भई सकेको छ ।  मलाई ऐले याद भएसम्म यसका छत्तीसवटा शाखा  खुलिसके । ती छत्तीसवटा शाखाहरु हुन्- अरिजोना, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, मेरिल्याण्ड, भर्जिनिया, वाशिङ्गटन डी.सी., नेब्रास्का, न्यूयोर्क, नर्थ क्यारोलिना, न्यूहृयाम्पसायर र टेक्सास डेलास, टेक्सास हुस्टन,  सियाटल,  मासाच्युसेट्स र न्युइङ्गल्यान्ड सेन्टर । यी सोह्रवटा शाखाहरु अमेरिकाका विभिन्न राज्यमा छन् भने अमेरिकाभित्र अलावामा, ओहायो, ओरेगनमा  तीनवटा प्रतिनिधि केन्द्र रहेका छन् । यिनीहरुमा पनि च्याप्टरको  विकास भइरहेको छ । त्यस्तै, अमेरिकादेखि बाहिर यी देशहरुमा च्याप्टरहरु खुलेका छन््- ती हुन् सिड्नी, अष्ट्रेलिया, मेलबर्न अष्ट्रेलिया, बेल्जियम, चाइना, क्यानाडा-ओटावा, इन्डिया, जापान, नेपाल, पोर्चुगल, रुस, साउदी अरेबिया,  ताइवान, भूटान, पाकिस्तान, स्कटल्यान्ड,  हङ्गकङ्ग, र युके सत्रवटा शाखाहरु छन् ।  यस्ता केन्द्रहरु छत्तीसवटा छन् ।   यसरी पुगनपुग ४० वटा केन्द्रको दायित्व लिइरहेछ । यसको विस्तार अझ द्रूत गतिले भइरहेको छ ।  यसको विस्तारको गति नेपालीहरुको विस्तारको गति सँग-सँगै अगाडि बढिरहन्छ ।  नेपाली साहित्य समाज भनेको एक नेपाली संस्कृत समाज हो, एक नेपाली संचेतना हो । यो एक भन्दा बढी वैयत्तिकताको समन्विततामा  फस्टाइहाल्छ र त्यहा अदृश्य रुपमा नै नेपाली साहित्य समाजले जरा हाल्छ र यो विस्तारै मौलाउन थाल्छ अनि त्यो त्यहा स्वयम् प्राकृतिक बन्छ । यो कृत्रिम कानून भन्दा धेरै माथि फैलन्छ ।

च्याप्टरहरुको विकासमा हिजो द्रूततर विकास भई करीब छत्तीसवटा च्याप्टर प्रतिनिधिको स्थापना भयो भने आज तिनको संख्या अझ बढाउने र नियम-विनियम वा म्यानुअलको व्यवस्था गरी अझ शक्तिपर्ूण्ा बनाउने प्रयास भएको  छ । आज २ वटा च्याप्टर अरु थपिएका छन् ।

-५) स्वर्गीय कविहरुको जयन्ती र कविसम्मेलन अस्ति कोठामा, हिजो देश-विदेशमा मनाउन थालियो भने आज देश-विदेशमा खुलामञ्चमा एक साथ गर्ने र अनेसास केन्द्रीय समितिका केन्द्रीय कार्यकारिणी समितिको प्रतिनिधिहरुले  विभिन्न देशमा भाग लिन जाने परिपाटी बसालिंदै छ ।

-६) चारवटा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको स्थापना संचालन पनि हिजैको देन हो भने आजले २ महिनाको छोटो समयमै आजसम्म भएका पहिलेका पुस्तक पुरस्कार चलाउनुको साथ अरु थप  २वटा पुरस्कार जोेडेको छ । ती २ वटा हुन्ः १. सर्वोत्कृष्ट वालसाहित्यका पुस्तकका लागि अनेसास सारा उत्कृष्ट वाल पुस्तक पुरस्कार वाल साहित्यका कृतिहरु मध्ये सबैभन्दा उत्कृष्ट कृतिलाई रु १५०००। २. सर्वोत्कृष्ट धवलागिरि  अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा पुस्तक पुरस्कार धवलागिरी अञ्चलका साहित्यकारका प्रकाशित साहित्यिक कृतिहरु मध्ये सबैभन्दा उत्कृष्ट कृतिलाई रु १००००। नगदका साथै उक्त दुवै पुरस्कृत साहित्यकारलाई  सम्मानपत्र पनि प्रदान गर्ने भएको छ । प्रत्येक वर्षजनवरी १५ भित्रमा पेश हुन आएका पुस्तकहरुको मूल्याङ्कन गर्राई संवन्धित क्षेत्रमा प्रथम आउने पुस्तकका लेखकलाई यो पुरस्कार प्रदान गरिन्छ । आज अन्तर्रर्ााट्रय नेपाली  साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको थप विकास अब विभिन्न अञ्चललाई प्राथमिकता दिई राख्ने र विभिन्न विधाहरुमा राख्ने दिशातिर अनेसास गइरहेछ । त्यसकै अग्रज कदम होः सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका  लागि अनेसास रोहिणी शर्मा पुस्तक पुरस्कार । आफ्नो अन्चललाई विर्सन नसन्ने कुनै पनि आप्रवासीले यो पुरस्कारको प्रायोजन गर्न सक्तछ ।  मोफसलका साहित्यकारलाई प्रोत्साहित गर्ने यो कदमका अग्रिणी प्रायोजक रोहिणी शर्मा  आजका कदमका एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । यस्ता मेधावी व्यकित्वको संस्थामा प्रवेशले संस्था र समाज दुवैलाई फायदा हुन्छ । त्यसैले यो कदम सफल हुदा अनेसास नेपालको केन्द्र हैन, कुना कुनासम्म छुन पुग्ने कुरा  आजको गतिले देखाएको छ भन्न सकिन्छ ।

-७) आज एकेडेमी, साझा, मदन पुरस्कार, त्रि.वि.वि., कर्ीर्तिपुरसितको प्राज्ञिक सम्बन्ध जोडेर अनुशीलनीय कार्यहरु गर्न अग्रसर छ ।

-८) अस्ति डी.सी.मा केन्द्रित अनेसास, हिजो ग्लोबल नेर्टवर्कले अन्तर्रर्ााट्रय स्तरको बन्यो भने आज यसलाई अझै फैलाउने र प्राज्ञिक तहको बनाउने कदम चालिएको छ ।

-९) अस्ति भाषा मात्र पढाउने उद्देश्य राखियो, हिजोको अनेसासले वर्ल्डवाइड एजुकेशन प्रोग्राम अर्न्तर्गत डी.सी., कोलोराडो, टेक्सास आदि ठाउँमा नेपाली भाषा तथा सँस्कृति विद्यालय चलाउन प्रारम्भ गर्यो भने आज यसलाई अझ  अगाडि बढाउन अंग्रेजीमा भएका पाठ्यक्रमहरु नेपालीमा बनाउने हिजो सोचिएको मात्र थियो भने आज यसलाई कार्यरुपमा परिणत गरेर अझ धेरै ठाउँमा फैलाउने कार्य भइरहेको छ ।

-१०) अनेसासको डी.सी. मेट्रो च्याप्टर खोलेर हिजैदेखि अनेसासलाई अन्तर्रर्ााट्रय स्तरको नेपाली साहित्यप्रेमीको माझमा सुम्पिएको छभने वर्तमान कालले यसलाई अन्तर्रर्ााट्रय तहमै मजबुत बनाउँदैछ । यसपटकको  इन्टरनेटको एडभान्स टेक्नोलोजी उपयोग गरी सुमन तिमसिनाबाट गराइएको अनेसासको निर्वाचन त्यसकै परिणाम हो ।

-११) आज कला र संस्कृतिको विकासमा समेत पर््रदर्शनीहरु गरेर टेवा पुर्याइरहेछ ।

-१२) विकेन्द्रीकृत रुपमा काम गर्ने परिपाटी बसाल्न र व्यापक क्षेत्र समेट्न समिति र उपसमितिहरुलाई उपयोग गर्ने परिपाटी बसालिंदैछ । त्यसकै परिणाम हो आज अनेसास  महिला साहित्यकार समिति, अनेसास साहित्यिक  पत्रकार समिति, अनेसास पुस्तकालय समिति, अनेसास पाण्डुलिपि मूल्यांकन समिति, अनेसास पुरस्कार समिति, अनेसास साँस्कृतिक आदान-प्रदान समिति, अनेसास विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम समिति आदि आदि ।

-१३) भानुस्मारकको सपनालाई वस्तुगत बनाउनको लागि चिन्तनहरु भइरहेछन् ।

-१४) विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम आज मनाङ्ग र मुस्ताङ्गमा भन्दा गाह्रो नेपाल बाहिर नेपाली शिक्षा दिन । नेपाली नेपाल बाहिर न पढाउने हो भने भावी पिढीको नेपाली नेपाली भाषाहीन हुन्छ । यस कुराबाट आजको नेपाली  परिचित छ । त्यसैले नेपाली पठनपाठनलाई अर्को पिंढीतक स्थानान्तरण गर्न विश्वव्यापी नेपाली शिक्षा कार्यक्रम अर्न्तर्गत  ‘नेपाली भाषा तथा संस्कृति विद्यालय’ खुलिरहेका छन् ।

-१५) ‘अन्तदर्ृष्टि’ पहिलेे यानी अस्तिको पूवार्धमा यो इलेक्ट्रोनिक न्युजलेटर थियो ।  यसका प्रधान संपादक पनि पुरुषोत्तम सुवेदी थिए ।  अस्ति नै यसलाई उनको पालामा मुद्रित साहित्यिक त्रैमासिक पत्रिकाको रुपमा विकाश  गरे । अस्तिको पुरै समय सन् १९९१ देखि सन् १९९६ सम्म पुरुषोत्तम सुवेदीले संपादन गरे । हिजको कालमा अन्तदर्ृष्टिले पनि धेरैको संपादनको नेतृत्व पायो र धेरै काचुली पनि फेर्यो । हिजको यो काल १९९६ देखि २००४सम्म  आउछ ।  यो कालको विचमा सन् १९९६मा लव गाउले, सन् १९९७ देखि सन् १९९९ सम्म होमनाथ सुवेदी, सन् २००० मा राधेश्याम लेकाली, सन् २०००देखि २००१ संम जय छांड्छा, सन् २००२ मा होमनाथ सुवेदी, सन् २००३  मा सुमन तिमसिना यसका प्रधान संपादक भएका थिए र यिनीहरु केही ठूला र स्तरीय अंकहरु नेपालबाटै छापेर ल्याई यहा वितरण गरे । तीे ऐतिहासिक महत्वका छन् । हिजसम्म वर्ष१२ अङ्ग १, २ छापिएका छन् ।   अन्तदर्ृष्टिको इतिहासको वर्तमानमा आज दुबसुको पालामा  अन्तदर्ृष्टिको प्रधान संपादकको अभिभारा बोकेर ज्ञानेन्द्र गदाल अगाडि आएका छन् ।   अन्तदर्ृष्टिको  वर्ष१२ अङ्ग ३ ज्ञानेन्द्र गदानको आजको मेहनतको परिचायक  हो ।

अनेसास भोलि ः

अनेसासबाट भोलि ज्यादा धेरै काम हुने कुरो त छँदैछ । यसको विपरीत केही काम हुन नसके पनि यी निम्नलिखित कुराहरु त यसले पक्कै गर्न सक्तछ ।

-१) नेपाली साहित्यजगत होमपेज नियमित स्तरीय रुपमा विकास गर्ने छ ।

-२) अर्न्तर्दृष्टि पत्रिका साहित्यका सबै विधाहरुले सुसज्जित हुने छ ।

-३) साहित्य सेमिनारहरु एउटा देशमा मात्र सीमित नराखी विभिन्न देशमा गर्ने छ ।

-४) अस्ति ए.एन.ए.सित र हिजो एन.ए.सी.सित मिलेर गरिरहेका सेमिनारहरु आफ्नो स्वतन्त्र, स्वायत्त र व्यापक सम्मेलन गर्न सक्ने छ ।

-५) हिजोका २५ र आजका ५० जना साहित्यकारहरुको संख्या दशौं गुणा बढ्ने छ ।

-६) अस्ति २, हिजो २० र आज ४० भने भोलि ८० को संख्यामा पुस्तक प्रकाशन त्यो पनि सानो र्सकलबाट गरिरहेको संस्था भोलि ठूलो र्सकलबाट व्यापक रुपमा कृतिहरुको प्रकाशन गर्न सक्नेछ ।

-७) अस्ति केवल कविताप्रतियोगिता गर्राई पुरस्कार दिइएकोमा हिजो यसले प्रति वर्षकम्तिमा १००,००० को पुरस्कार दिन प्रारम्भ गर्यो भने आज १,३२,००० को पुरस्कार दिंदै छ र भोलि यसको मात्र अझै बढ्ने छ ।

-८) नेपाली साहित्यका लेखक र पाठकका बीच यो संस्था गौरवको विद्यापीठ बन्ने छ ।

-९) अनुदित साहित्य प्रकाशन गर्न थाल्ने छ ।

-१०) बालसाहित्यका कृतिहरु प्रकाशन गर्न थाल्ने छ ।

यी थिए अनेसासका अस्ति, हिजो, आज र भोलिका दिनहरुको पर्यावलोकन । यी अध्ययनहरुको आधारमा के भन्न सकिन्छ भने अस्ति अंकुराएका स-सना व्यक्ति र संस्थाहरु आज क्रमश फैलिएर हात मिलाउँदैछन् । विभिन्न  देशमा स्थायी, अस्थायी रुपमा बसोबास गर्ने सम्पर्ूण्ा नेपाली जातिको लागि अनेसास एक अन्तर्रर्ााट्रय प्रीतिस्थल हुने छ । यसरी एशिया, अमेरिका र अस्ट्रेलियासमेतका सबै नेपाली एउटै सूत्रमा आबद्ध भई नेपाली भाषा र  साहित्यको विकासमा प्रवासी नेपालीको ऐतिहासिक भूमिकालाई अझ तीब्रतर बनाउँदै लैजाने छन् । अनेसास एक हुरी बनेर आउने छ । अनेसासको दर्शनलाई सबै नेपाली मिलेर आत्मसात गर्ने छन् । नेपालबाहिर रहेका नेपाली  मूलका सबै नेपालीहरु अनेसासमा  आवद्ध हुनेछन् ।

अनेसासको दर्शनः

-१) नेपालका नागरिक मात्र नेपाली हुन् अरु देशमा नागरिक भएका नेपाली प्रवासी हुन् भन्ने विषम धारणाको उन्मुलन गरी जुनसुकै देशमा रहेबसेर नागरिक भएका भए पनि नेपाली भाषाभाषी र्सवदा नेपाली नै हुन् भन्ने एकात्म  भावको सिर्जना ।

-२) विभिन्न जनजातिबाट बनेको नेपाली जातिको या link language नेपाली भाषा र साहित्यको विकासद्वारा नेपालीको आत्मगौरवको स्थापना ।

-३) जटिल मनोभावनाहरुको कलात्मक प्रकाशद्वारा नेपालीको स्वस्थ स्वास्थ्यको अनुकूलन ।

-४) नेपालका जनजातीय भाषा र साहित्यको समुचित विकासद्वारा जनजातीय गौरवको सर्म्बर्द्धन ।

-५) अनुदित साहित्यको विकासद्वारा नेपाली भाषाका पाठकहरुको आवश्यकताको पर्ूर्ति ।

-६) अन्तर्रर्ााट्रय नेपाली साहित्य पुरस्कारको नियमित सञ्चालनद्वारा साहित्यसिर्जनामा प्रोत्साहन ।

-७) नेपाली भाषा र साहित्यको विकासको मूलमा ‘अन्तदर्ृष्टि’को भूमिकाप्रति विश्वास ।

अन्तमा हिज नै अनेसासबाट प्रकाशित भएको होमनाथ सुवेदीको ‘अंकुर’ उपन्यासले ‘रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार’ जितेर पुरस्कार पायो । हिज नै अनेसासले अमेरिकामा काम गरिरहेका सामाजिक संस्थाहरुमध्ये उत्तम  छानिएकाले पाउने “डिल्लीराम तिमसिना मेमोरियल एवार्ड” जित्न सक्यो र अनेसासले हिजै प्रकाशन गरेको  गोपाल पराजुलीको ‘नयार्ँर् इश्वरको घोषणा’ महाकाव्यले आज ‘मदन पुरस्कार’ पाएको छ ।  यी सम्मानहरुले अनेसास आज  १४ वर्षो लामो परिक्षाको घडी पार गरेर आफूलाई यौटा भरपर्दो  संस्थाको रुपमा नेपाली डाएसपोरामा उभ्याएको छ भन्ने कुराको व्यञ्जना गरेका छन् । नेपाली डाएसपोरामा भएको भाषा, साहित्य र संस्कृतिको विकासमा अनेसासको  भूमिका र अनेसास स्वयम् एक अब सिङ्गो अध्ययन र अनुसन्धानको विषय  भएको छ ।

अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले आफ्ना कार्यक्रम, क्रियाकलापको स्वच्छ आलोचनाको सदैव स्वागत गर्दछ । समाजको बारेमा बढी जानकारी लिन चाहने इच्छुक महानुभावहरुले आफ्नो जिज्ञासा अ.ने.सा.स. मा पत्राचार गरे  सहर्षबढी जानकारी उपलब्ध गराउछ । सम्पर्ूण्ा नेपाली भाषा साहित्यप्रेमीहरुबाट अ.ने.सा.स. का उद्देश्य पर्ूर्तिका लागि सहभागिता र सहयोगको अपेक्षा गर्दछ ।

अनेसासको केन्द्रीय कार्यालयको सर्म्पर्क ठेगाना यो होः

INLS, 1727 Horner Road, Woodbridge, VA 22191,  USA,

Tel: 703-491-1014,

Email:

info@inls.org,

language@inls.org,

literature@inls.org,

webmaster@inls.org,

Web Site: http://www.inls.org .

यसरी आवश्यक पत्राचार र सर्ंपर्कका माध्यमहरुलाई अनेसासले विभिन्न वेभसाइट र पत्रपत्रिकाहरुको मार्फ र्सार्वजनिक गरिरहेको छ र नेपाली डाएसपोराबाट गरिने नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, सर्ंवर्धन र विकासमा  काँधमा काँध मिलाएर “नेपाली पहिचानलाई जीवन्त र दिगो राख्न एक जुट होऊँ” भन्ने स्वर स्वरित गर्दै  नेपाली भाषा, साहित्य, कला र स“स्कृति हाम्रो गौरव, हाम्रो साइनो, हाम्रो सम्पत्ति हो भन्ने भावनालाई सुगठित गरिरहेछ ।

Updates via e-mail